राजविराज । कारागारको ब्लकबाट स्थानान्तरणको बिषयलाई लिएर कैदीबन्दीका दुई समूहबीच विवाद हुँदा सप्तरी सदरमुकाम राजविराज स्थित कारागार शनिवार बिहानै तनावग्रस्त बन्यो ।
कारागारको बी ब्लकमा कैदीबन्दीका दुई समूहबीच ए ब्लकमा स्थानान्तरणको विषयलाई लिएर विहान ७ बजेतिर विवाद हुँदा कारागार केहीबेर तनाबग्रस्त बनेको हो ।
सो’bout सूचना प्राप्त हुनासाथ सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको र स्थिति पूर्ण नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।
“कैदीबन्दीको पनि गुट–उपगुट रहेछ, प्रवक्ता घिमिरेले भने, त्यही गुट–उपगुट बीच स्थानान्तरणको विषयलाई लिएर विवाद भएको हो ।” उनले तत्कालै कारागारमा थप सुरक्षाकर्मी परिचालन गरिएको र अहिले स्थिति पुर्ण नियन्त्रणमा रहेको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कारागारमा कैदीबन्दीका दुई समूहबीच आपसी विवाद भई तनाव बढ्दै जाँदा सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको बताए ।
प्रहरी पुगेपछि केही कैदीबन्दीले तर्साउन आफ्नै जिउमा मट्टितेल खन्याएको र लगत्तै प्रहरीले नियन्त्रणमा लिएपछि कुनै अप्रिय घट्ना भने नभएको उनको भनाई छ । कारागारका जेलर रुपक मण्डलले विवाद सुरु गर्ने एक जना कैदीबन्दीलाई अहिले छुट्टै कोठामा राखि घट्ना’bout थप बुझ्ने काम भइरहेको जानकारी दिएका छन ।
मुलुककै पुरानो कारागार मध्येका एक राजविराज कारागारमा अहिले २८ जना महिला र ३६२ पुरुष गरी कूल ३ सय ९० कैदीबन्दी छन् ।
कारागारको ए ब्लकमा १९६, बी ब्लकमा १६६ र महिला ब्लकमा २८ जना कैदीबन्दी छन । १५५ जनाको क्षमता भए पनि झण्डै तेब्बरको संख्यामा कैदीबन्दी कोच्चिएर राब्दा बेलाबेलामा विभिल खाले समस्या आउने गरेको जेल प्रशासनको भनाई छ ।
घटना’bout जानकारी लिन जाँदा जेल प्रशासनले सञ्चारकर्मीहरुलाई भित्र प्रवेशमा रोक लगाएका थिए ।
सम्बन्धित समाचार
समुदायको सशक्तीकरणमा सहयात्री बन्दै एक्सन एड
मधेशको अधिकार र भविष्य’bout सर्लाहीमा छलफल
एनसेलका लगानीकर्ता र व्यवस्थापकविरुद्ध ठगी र आपराधिक विश्वासघातको मुद्दा
कांग्रेसमा फक्रिँदै छ विशेष महाधिवेशनले रोपेको ‘विभाजनको बिउ’
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री रायमाझी, खाँण र पूर्वसचिव पाण्डे दोषी ठहर (फैसलासहित)
पर्सामा झगडिया बढे
अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम
अमेरिकी राष्ट्रपति ट्रम्प हत्या योजनावारे इजरायलसँग नयाँ सूचना






