सिरहा । सिरहाको नरहा गाउँपालिकामा वडाध्यक्ष र सचिवबीच कुरा नमिल्दा वडा कार्यालय बन्द गरिएकाे छ । शुक्रबारदेखि कार्यालयको नियमित सेवा प्रभावित बनेको हो।
आर्थिक वर्षको अन्त्यसँगै योजनाको हिसाब किताब र रकम बाँडफाँटको विषयलाई लिएर वडा अध्यक्ष सम्झना सिंह र वडा सचिव रामानन्द सिंहबीच विवाद चर्किएको कर्मचारीहरु बताउँछन् ।
नरहा गाउँपालिका-२ का वडाध्यक्ष सम्झना सिंह र वडा सचिब रामानन्द सिंहबीच कमिसनको बार्गेनिङ नमिल्दा दुबैजना वडा कार्यालय छोडेर सम्पर्कबिहीन बनेका हुन् ।
आर्थिक वर्ष सकेको र उपभोक्ता तथा ठेकेदारसँग वडाध्यक्ष सिंहले कमिसन उठाइ सचिवलाई नदिएकोले कार्यालय बन्द गरेको कर्मचारीहरुको भनाइ छ । योजनाको कमिसन विवादका कारण शुक्रबारदेखि आजसम्म वडा कार्यालय बन्द छ ।
वडाध्यक्ष सम्झना सिंहले, ‘यो बिषयमा कुरा गर्न वडा कार्यालयमै आउनुपर्ने बताइन् । ‘सचिवले किन र के कारणले कार्यालय बन्द गरेका हुन त्यो बुझ्न वडामै आउनुपर्छ’ उनले भनिन् । गाउँपालिकका कार्यालय प्रमुख उदित्यकुमार कर्णले आफू बिदामा रहेकोले यो बिषयमा कुनै जानकारी नरहेको बताए ।
कार्यालय बन्द हुँदा सेवाग्राहीको सम्प”र्ण कामकाज ठप्प भएको छ। सेवाग्राहीले सामाजिक सुरक्षा भत्ता नवीकरण, नागरिकता सिफारिस, जन्मदर्ता, मालपोतसम्बन्धी सिफारिसलगायतका सेवा लिन आएका दर्जनौँ सेवाग्राही सेवा नपाई फर्किन बाध्य भएका छन् ।
सम्बन्धित समाचार
रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन
आम महिला मोर्चाको केन्द्रीय अध्यक्षमा कुमारी बबिता
एनएमसीमा बीएस्सी नर्सिङको १४ औँ ब्याच बिदाइ
रौतहटमा एक युवाद्वारा पेट्रोल छर्केर आत्मदाह प्रयास
उच्च अदालतद्वारा एक बर्षमा ४ हजारभन्दा बढी मुद्दा फछ्र्योट
लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै
प्रेमिकासँग विवाह गराइदिन माग गर्दै टेलिकम टावर चढेका युवकको सकुशल उद्धार
पत्रकार कृष्ण थपलिया लालबन्दी नगर वाङ्मय परिषदद्वारा पुरस्कृत






