काठमाडौं ।जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारामा नगरपालिकामा अव्यवस्थित बसोबास गरेका १८ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ ।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ। यसअघि सरकारले बर्दियाको बढैयातालका र झापाको बुद्धशान्तिका भूमिहिनलाई लालपुर्जा वितरण गरेको थियो।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)
सम्बन्धित समाचार
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
२१३औँ भानु जयन्तीमा भानु साझा पुस्तकालयको दोस्रो तला उद्घाटन
स्कारपिओ दुर्घटना हुँदा विद्युत् प्राधिकरणका २ कर्मचारीको मृत्यु
हिमालय मनसुन स्काउट क्याम्प–२०८३ आयोजना हुँदै, ५० भन्दा बढी विद्यार्थी सहभागी हुने
उदयपुर जिल्ला अदालतद्वारा एकै वर्षमा १८ करोड भन्दा बढी जरिवाना असुल
दुई महिनाअघि चोरीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ
झापामा वित्तीय अपराध बढ्दो, एक वर्षमा ३७३ मुद्दा दर्ता
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन






