काठमाडौं । बिमा व्यवसाय सञ्चालनका क्रममा अनियमितता गरेको आरोपमा ३९ वर्षीय मृदुला सरिया पक्राउ परेकी छिन् ।
झापाको साविक भद्रपुर गाविस वडा नं ११ बस्ने सरियालाई काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो ।
ब्युरोका प्रवक्ता अनुपमशम्शेर जबराले ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालिको निरीक्षणका क्रममा बिमा ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको बताए ।
यसअघि नेपाल बिमा प्राधिकरणले सोसम्बन्धी कसुरको अनुसन्धान गर्न ब्युरोलाई पत्राचार गरेको थियो ।
निजले बिमासम्बन्धी ऐनको दफा १४० को १ (छ) मा उल्लेखित ‘बीमकको कर्मचारी, पदाधिकारी वा अन्य कसैले बिमालेख जारी गर्दा, बिमा गरिएको सम्पत्ति तथा दायित्वको क्षति मूल्याङ्कन गर्दा, बिमा दाबी भुक्तानी गर्दा वा बिमा व्यवसाय सञ्चालनका क्रममा कुनै अनियमितता गरेमा वा आर्थिक दुरुपयोग गरेमा’ भन्ने कसुर उल्लङ्घन गरेको अनुसन्धानका क्रममा पाइएको जनाइएको छ ।
सम्बन्धित समाचार
पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
तिनाउमा बाढी, सतर्क रहन विभागको आग्रह
तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री






