गण्डकी । कास्कीको रुपा गाउँपालिकाले कृषि तथा पशु सेवा शाखा कार्यालयका लागि छुट्टै भवन निर्माण गरेको छ । गाउँपालिकाको वडा नं ६ फालभञ्ज्याङमा नवनिर्मित उक्त भवनको बिहीबार गाउँपालिकाका अध्यक्ष नवराज ओझाले उद्घाटन गरेका छन् ।
सो अवसरमा उनले गाउँपालिकाभित्र कृषि उत्पादन वृद्धिका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरिएको बताएका छन् ।
कृषि तथा पशु सेवा शाखा प्रमुख पशु चिकित्सक सुशील अर्यालले सुविधासम्पन्न भवन निर्माण भएसँगै सेवा प्रवाह थप प्रभावकारी र सहज हुने बताएका छन् ।
किसानले अब एउटै थलोबाट सहज रूपमा कृषि तथा पशुसम्बन्धी सेवा प्राप्त गर्ने उहाँको भनाइ छ । सोही भवनबाट कृषि र पशु सेवासम्बन्धी प्रयोगशालाको सुविधा उपलब्ध हुने जनाइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)
सम्बन्धित समाचार
जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’
गण्डकी प्रदेशमा सर्पदंशका विरामी वृद्धि
उदयपुर सिमेन्ट महाप्रबन्धकविहीन, ६ करोडको सिमेन्ट अझै गोदाममै
अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट
पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु
यी ६ जिल्लाका साना नदीमा बाढीको उच्च जोखिम
पर्यटकको रोजाइमा त्रिवेणी पाटन
तिनाउमा बाढी, सतर्क रहन विभागको आग्रह






