झापा । झापामा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीका अनुसार आन्तरिक विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर बिहीबार जवान सुदिम खत्रीको मृत्यु भएको हो।
सुनसरीको इटहरी उपमहानगरपालिका–१३ घर भएका ३० वर्षीय खत्रीलाई बिहीबार साँझ करिब ५ बजे गणभित्र विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन्।
वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक केसीका अनुसार मृतक खत्रीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट तालिम प्राप्त गरेका थिए।। घटना’bout अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
महेश र अञ्जनाको ‘आशा’ सुरु
मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’
साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान
मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र
पहिरोमा परेर दुई जनाको मृत्यु
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा
एशियन युथ चेसमा सहभागी हुन नेपाली टोली चिन प्रस्थान






