काठमाडौं । झण्डै दुई अर्ब रुपैयाँबराबरको हुण्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरा (सीआईबी) को टोलीले धादिङ घर भई नागार्जुन नगरपालिका–८ बस्ने ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाललाई सोही ठाउँस्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरेको हो ।
केही व्यक्तिले हुण्डी कारोबार गर्दै आएको भन्ने सूचनाको आधारमा त्यस्ता शंकास्पद व्यक्तिको बैंकिङ कारोबार विश्लेषण गर्दै जाने क्रममा उनलाई पक्राउ गरिएको व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराले जानकारी दिए ।
उनले अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत खाता प्रयोग गरी एक अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँबराबरको रकम हुण्डीको माध्मबाट कारोबार गरेको प्रारम्भिक अनुुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)
सम्बन्धित समाचार
वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण
निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
मिटरब्याजसम्बन्धी सबै लिखतहरू सरकारद्वारा अवैध घोषणा
दूरसञ्चार प्राधिकरणमा एनसेलको दबदबा
सरकारको निर्णयविरुद्ध म्यानपावर व्यवसायी, अनिश्चितकालीन आन्दोलनको चेतावनी
सुनसरीको कप्तानगञ्ज क्षेत्रमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन जारी, नेपाली सेना परिचालन
‘वैज्ञानिक सेवा शुल्क नतोकिए श्रमिक पठाउन बन्द गर्छौं’






