सप्तरी । एक वर्षको अवधीमा राजविराज विमानस्थलबाट १८ हजार भन्दा बढी यात्रुले हवाई सेवा प्राप्त गरेका छन् । यात्रुको संख्या उत्साहजनक देखिए पनी पूर्वघोषित रात्रीकालिन उडान भने अझै संचालनमा आउन सकेको छैन् ।
सेवाप्रदायक बुद्ध एयरलायन्सका स्टेशन म्यानेजर अनिल राजवंशीका अनुसार आ.ब. २०८२–८३ मा राजविराज विमानस्थलबाट १८ हजार ४ सय ६८ जना यात्रुले हवाई सेवा प्राप्त गरेका छन् । आ.ब. २०८१–८२ मा यस विमानस्थलबाट २१ हजार ३ सय ६१ जना यात्रुले हवाई सेवा प्राप्त गरेका थिए । यस्तै उडानको सुरुवाती वर्ष २०८०–८१ मा ४ हजार ५६ जना यात्रुले हवाई सेवा उपभोग गरेको उनले जानकारी दिए ।
हाल राजविराज–काठमाडौं रुटमा बुद्ध एयरलायन्सले दैनिक दिउँसो १ बजेतिर एक मात्र उडान मार्फत हवाई सेवा प्रदान गर्दै आएको छ । यात्रुको चाप बढ्दै गएपछी बुद्ध एयरलायन्सले २०८१ साल चैत २९ गतेदेखी दैनिक दुई उडान गर्ने योजना सार्वजनिक गरेको थियो । यसका लागि २०८१ मंसिर २९ गते नै तत्कालिन संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डेले राजविराज विमानस्थलबाट रात्रीकालिन उडान पनि सुरु गर्ने भन्दै परिक्षण उडानको शुभारम्भ गरेका थिए ।
उडान परिक्षण सकिएपछी बुद्ध एयरलायनसका व्यवस्थापन पक्षले २०८१ चैत २९ बाट दिनको १२ः२५ र साँझ ६ बजे गरी दैनिक दुई उडान राजविराजबाट काठमाडौंका लागि प्रस्थान गर्ने समय तालिका समेत सार्वजनिक गरेको थियो । तर डेढ वर्ष बित्न लाग्दा पनी साँझको उडान अझै संचालनमा आउन सकेको छैन् ।
स्टेशन म्यानेजर राजवंशीले हवाई इन्धनको मुल्यबृद्धिका कारण भाडादर बढाउनु पर्दा यसको प्रत्यक्ष असुर यात्रुमा समेत परेको बताए । अघिल्लो आ.ब. २०८१–८२ को तुलना आ.ब. २०८२–८३ मा यात्रुको चाप केही घटेको छ, उनले भने “त्यसकारण पनि रात्रीकालिन उडान गर्ने योजना हाललाई स्थगित गरिएको हो ।” उनले यात्रुको चाप बढ्दै गएपछी भावी दिनमा उक्त योजना कार्यान्वयनमा आउने प्रष्ट पारे ।
राजविराज विमानस्थलका प्रमुख हिरोन साहले रात्रीकालिन उडानका लागि आवश्यक सबै पूर्वाधार उपलब्ध रहेको बताए । “रात्रिकालिन उडान सेवाका लागि आवश्यक सबै उपकरण जडान भइसकेको छ, उनले भने “सेवा प्रदायक विमान कम्पनीले चाहेको बेला उडान गर्न सक्छन्, त्यसमा कुनै समस्या छैन् ।”
सुरुमा ४९ सिट भएको बुद्ध एयरको विमान यहाँबाट उडान गर्ने गरेकोमा यात्रुको चाप बढ्दै गएपछी अहिले ७२ सिट क्षमता भएको विमानले सेवा प्रदान गरिरहेको छ ।
उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य एवं सप्तरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अरुण प्रधानले सप्तरी, सिरहा, उदयपुर र सीमावर्ती भारतीय यात्रुलाई काठमाडौं उडानका लागि सहज भएपनि दैनिक दुई उडान सेवा संचालन हुन नसक्दा समस्या भइरहेको सुनाए । “यात्रुको उपलब्धता उत्साहजनक नै छ, उनले भने, “तर सो अनुसार थप उडानको व्यवस्था नहुँदा समस्या देखिएको छ ।”
राजविराज विमानस्थल सप्तरीको मात्र नभई सुनसरी, सिरहा, उदयपुरका साथै सीमावर्ती भारतीय क्षेत्रका यात्रुहरुका लागि समेत सहज र महत्वपूर्ण भएकोले थप एउटा उडानको व्यवस्था गर्न स्थानीयले माग गरेका छन् ।
सम्बन्धित समाचार
खान अयोग्य मिठाई विक्री गर्ने वीरगन्जका ३ पसल दण्डित
आर्थिक गतिविधि विस्तारमार्फत जिडिपी बढाउने मधेसको योजना
रौतहट प्रहरीको एक वर्षः ४४८ फरार प्रतिवादी पक्राउ
राज्य र नीजि क्षेत्रको सहकार्यले मात्र नदी सभ्यता बचाउने निष्कर्ष
सर्पदंशले एकैदिन ४ महिला र एक बालक अस्पताल भर्ना
मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ
एक बर्षमा १८७ कुपोषित बच्चाको सफल उपचार
सुनसरीमा हटाइयो कर्फ्यू






