सप्तरी । सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज क्षेत्रमा चार दिन अघि भएको हिंसक घटनाको बिरोधमा बुधबार राजविराज बन्द गरिएको छ ।
हिन्दुवादी संगठन हिन्दु सम्राट सेना नेपाल सप्तरी तथा अन्य संघ संगठनको अगुवाईमा बन्दको आयोजना गरिएको हो ।
बन्द सफल पार्न बिहानैदेखी हिन्दुवादी संघ संगठनका अगुवाहरु सडकमा उत्रेका थिए । ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरेका उनीहरुले उक्त घटनाको उच्चस्तरिय र निश्पक्ष छानबिन, दोषिलाई कारवाही, मृतक परिवारलाई राहत, मृतकलाई सहिद घोषणा, घाइतेको निशुल्क उपचार लगायतका माग अघि सारेका छन् ।
प्रदर्शनका क्रममा उनीहरुले मुश्लिम आयोग र धर्मनिरपेक्षता खारेज गरी हिन्दु राष्ट्र कायम गर्नु पर्ने माग समेत गरे ।
यता बन्द आह्वानका कारण बजार र यातायात ठप्प हुँदा जनजिवन प्रभावित भएको छ । यहाँबाट लामो तथा छोटो दुरीमा संचालन हुने ठूला सवारीसाधन संचालनमा आउन सकेनन् । यद्दपी फाटफुट रुपमा मोटरसाइकल र सिटि रिक्सा सडकमा गुडिरहेको देखिन्थ्यो ।
स्थानीय प्रशासनले जिल्लामा शान्ति सुरक्षाको अवस्था कडा पार्नुका साथै दुबै समुदायलाई भ्रामक हल्लाको पछी नलाग्न र आपसी सद्भाव कायम राख्न सूचना मार्फत अपील गरेको छ ।
सम्बन्धित समाचार
खान अयोग्य मिठाई विक्री गर्ने वीरगन्जका ३ पसल दण्डित
आर्थिक गतिविधि विस्तारमार्फत जिडिपी बढाउने मधेसको योजना
रौतहट प्रहरीको एक वर्षः ४४८ फरार प्रतिवादी पक्राउ
राज्य र नीजि क्षेत्रको सहकार्यले मात्र नदी सभ्यता बचाउने निष्कर्ष
सर्पदंशले एकैदिन ४ महिला र एक बालक अस्पताल भर्ना
मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ
एक बर्षमा १८७ कुपोषित बच्चाको सफल उपचार
सुनसरीमा हटाइयो कर्फ्यू






