तनावग्रस्त बनेपछि सिराहा र धनुषामा कर्फ्यु

सिराहा। सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव अब मधेश प्रदेशतिर पनि सरेको छ । दुई समुदायबीचको तनावलाई सरकारले समयमै सम्बोधन गर्न नसक्दा सप्तरी, सिरहा हुँदै मधेश प्रदेशको राजधानी धनुषासम्मै गम्भीर समस्या देखिएको छ।

जिल्ला प्रशासन कार्यालय सिराहाले सुरक्षा अवस्थाको समीक्षा तथा जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा कर्फ्यु लागू गरिएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशअनुसार बिहीबार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म गोल बजार नगरपालिकाको तोकिएको क्षेत्रमा कर्फ्यु कायम रहनेछ।

कर्फ्यु लागू गरिएको क्षेत्रको पूर्वमा कसाह खोला, पश्चिममा चोहर्वा चोक, उत्तरमा सैनिक चोक र दक्षिणमा राजेन्द्र प्रसाद राजकीय बहुमुखी क्याम्पस आसपासको क्षेत्र समेटिएको छ। उक्त अवधिभर सर्वसाधारणको आवतजावत, भेला तथा अन्य गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।

कर्फ्यु आदेशसँगै सम्भावित अप्रिय घटना रोक्न सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। प्रभावित क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको थप परिचालन गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

epaper

ताजा समाचार

सुप विश्वविद्यालयका ८३ विद्यार्थी इन्टर्नसीपबाट लाभान्वित