पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयकलाई सर्वसम्मत रुपमा पुनः पारित गरेको छ ।
यसअघि गत २५ असारमा प्रदेशसभा बैठकबाट पारित उक्त विधेयकलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रमाणीकरण नगरी गत शुक्रबार सन्देशसहित पुर्नविचारका लागि प्रदेशसभामा फिर्ता पठाएका थिए ।
शुक्रवारको बैठकमा उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले उक्त विधेयकमाथि पुर्नविचार गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा पेश गरिन् । । प्रदेशसभा सदस्य प्रकाश बराल, देवका पहाडी त्रिपाठी, हरिबहादुर भण्डारी, फणिन्द्र देवकोटालगायतले उक्त प्रस्तावमाथिको छलफलमा भाग लिए ।
संघीय कानुनको व्यवस्था देखाएर २०७२ सालको संविधान अनुसार गठित प्रदेश सरकारले बनाएका कानुन रोक्न नहुने सांसदहरको भनाइ छ । सभामुख कृष्णप्रसाद धितालले बैठकमा निर्णयार्थ पेश भएको उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको घोषणा गरे । विधेयकलाई प्रमाणीकरणका लागि पुनः प्रदेश प्रमुखको कार्यालयमा पठाइने प्रदेशसभा सचिवालयले जनाएको छ ।
सम्बन्धित समाचार
सेतीको बहावमा अवरोध
अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट
रुपा गाउँपालिकाको कृषि तथा पशु सेवा शाखा भवन उद्घाटन
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
पहिरोमा परी म्याग्दीमा वृद्धको मृत्यु, एकजनाको उद्धार
हिँड्दा हिँडदै अमेरिकी नागरिकको मृत्यु
पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका व्यक्तिको शव फेला
लमजुङमा पहिरोले धन्सार पुरिँदा एकै परिवारका चारजना घाइते






