सिरहाको कर्फ्यु आदेश पनि केही खुकुलो


काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको गोलबजार नगरपालिकाको बजार क्षेत्रमा जारी कर्फ्यु आदेश केही खुकुलो पारिएको जनाएको छ । जसअनुसार आइतबार बिहान १० बजेदेखि राति ७ बजेसम्म कर्फ्यु खुकुलो पारिएको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सुरक्षा अवस्थाको विश्लेषण गरी कर्फ्यु आदेश खुकुलो पारिएको र स्थानीय परिस्थितिको विश्लेषण गरी कर्फ्यु थप खुकुलो पार्ने वा फिर्ता लिनेसम्बन्धमा पुनः सूचित गरिने बताए ।

जिल्ला प्रशासनले गोलबजार क्षेत्र भई सञ्चालन हुने लामो दूरीका सवारीसाधन सञ्चालनमा आवश्यक सहजीकरण गर्न, कर्फ्यु खुकुलो पारिएको अवधिमा पाँच जनाभन्दा बढी समूहमा भेला नहुन पनि भनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

epaper

ताजा समाचार

तीन जना सवार मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, पछाडि बस्ने दुवै जना घाइते