हिन्दु सम्राट समूहसँग गृहमन्त्रीको दोस्रो चरणको बार्ता सुरू

जनकपुर । गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेनाबीच फेरि बार्ता सुरू भएको छ । जनकपुरधामस्थित एक होटलमा दुवै पक्षका प्रतिनिधि पुनः वार्तामा बसेका हुन् ।

दोस्रो चरणको बार्तामा धनुषाका सांसद मनिष झा भने सहभागी रहेका छैनन्

हिजो रातभरि सम्राट सेनाको १३ बुदेँ मागमा पुर्ण सहमति हुन नसकेपछि आज गृहमन्त्री गुरूङ र हिन्दु सम्राटका बिचमा पुनः दोस्रो चरणको बार्तामा बसेका हुन् ।

गृहमन्त्री गुरुङसहित प्रतिनिधिसभा सदस्य शिवशंकर यादव र रामविनोद यादव सहभागी रहेका छन् भने हिन्दु सम्राट सेना नेपालको तर्फबाट अध्यक्ष राजेश सनातनी, उपाध्यक्ष कृष्ण सनातनी, महासचिव राकेश सनातनी तथा अन्य पदाधिकारी सहभागी रहेका छन् । आजको दोस्रो चरणको बार्तामा धनुषाका सांसद मनिष झा भने सहभागी रहेका छैनन् ।

सो बार्तालाई सहजीकरण गर्नका लागि मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी ओमप्रसाद अधिकारी, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, नेपाल प्रहरीका एसएसपी भुवनेश्वर तिवारी, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रुपेश खड्का, एपीएफका डीआईजी विष्णु भट्टको पनि सहभागी रहेको छ।

वार्तामा संयुक्त हिन्दू मोर्चाको तर्फबाट शुक्रबार राति पेश भएका मागहरू’bout छलफल हुदैँछ, जुन अझ औपचारिक सहमति भने भइसकेको छैन। आज बिहान जानकी मन्दिरको दर्शन पछि गृहमन्त्री गुरूङ दोस्रो चरणको बार्ताका लागि हिन्दु सम्राटसँग बसेका हुन् । बार्ता जारी रहेको छ। 

तपाइको प्रतिक्रिया
(Visited 100 times, 1 visits today)

epaper

ताजा समाचार

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’