काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्ना माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् यस्तो चेतावनी दिएका हुन् ।
प्रसाईंले देशको अस्तित्व, आफ्नो राजनीतिक एजेन्डा तथा हिन्दु राष्ट्र पुनर्बहालीको पक्षमा उभिन बुद्धिजीवी, सञ्चारकर्मी तथा सर्वसाधारणलाई साथ दिन आग्रह गरेका छन्।
पत्रकार सम्मेलनमा उनले आफ्नो आन्दोलन कुनै धर्म वा समुदाय विशेषविरुद्ध लक्षित नभई राजनीतिक व्यवस्था परिवर्तनका लागि केन्द्रित रहेको बताए। साथै, संविधान संशोधनमार्फत वैदिक सनातन हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्बहाली आफूहरूको प्रमुख एजेन्डा रहेको धारणा पुनः व्यक्त गरे।
उनले आफ्ना माग’bout अध्ययन तथा समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग आग्रह गर्दै त्यसतर्फ पहल नभए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिए । प्रसाईंले वर्तमान लोकतान्त्रिक व्यवस्थामा नागरिकको अभिव्यक्ति स्वतन्त्रता र आधारभूत अधिकारमाथि प्रतिबन्ध लगाइएको दाबी गरे। उनले लोकतन्त्रको अभ्यासका नाममा नागरिकका अधिकार सीमित हुँदै गएको आरोपसमेत लगाए ।
प्रसाईंले सरकार र सत्तारुढ पक्षले आफ्ना अनुकूल व्यक्तिलाई अघि सारेर कृत्रिम सहमतिको वातावरण सिर्जना गर्न खोजेको आरोप लगाए । साथै, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ‘नेपाल सबै जातजाति र वर्गको साझा फूलबारी हो’ भन्ने सन्देश स्मरण गर्दै राष्ट्रिय एकताको पक्षमा आफू रहेको बताए ।
सम्बन्धित समाचार
बागमती सरकारबाट बाहिरियो एमाले
थुनामुक्त भएपछि बिष्णु पौडेल पहिलो पटक सार्बजनिक कार्यक्रममा
बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने
चितवनका थपलिया बागमतीमा मुख्यमन्त्री पक्का
बाटो खुलाउने प्रयास जारी, पृथ्वी राजमार्गमा कहिले चल्छ सवारी ?
मदन पुरस्कार २०८२ का लागि उत्कृष्ट १० कृति सार्वजनिक, २९८ पुस्तकबाट छनोट
देउवाको सन्देशः ‘लोकतन्त्रमाथि दबाब सिर्जना गर्ने प्रवृत्ति स्वीकार्य छैन’
यौंन हिंसा पीडितको क्षतिपूर्तिको पहुँचसम्बन्धी प्रतिवेदन सार्वजनिक






