यी हुन् केयुको उपकुलपतिका लागि छानिएका १० आवेदक

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु)को उपकुलपति पदका लागि प्राप्त आवेदनमध्ये १० जना उम्मेदवारको नाम संक्षिप्त सूचीमा समावेश गरी सार्वजनिक गरिएको छ । परेका दरखास्तहरूबाट वर्णानुक्रमअनुसार १० जना उम्मेदवारहरूको नामावली छनोट गरिएको हो ।

छनोटमा परेका उम्मेदवारहरूमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइँटेल, विकास नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपाने रहेका छन् ।

संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूका सम्बन्धमा कुनै रायसुझाव दिन चाहने व्यक्तिका लागि साउन २० गतेसम्म उपलब्ध गराइएको गुगल लिंकमार्फत आफ्ना सुझावहरू पठाउन सकिने व्यवस्था गरिएको छ ।

संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता साउन २२ गते शिक्षा तथा खेलकुद मन्त्रालयमा हुने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

epaper

ताजा समाचार

सुनकोशी कार दुर्घटना अपडेट: ३ जना वेपत्ता