सिन्धुली । मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं.२ नवलपुरमा बसको ठक्करबाट एक कार सुनकोशी नदीमा खसेको छ ।
सोमबार दिउँसो सडक छेउमा रोकेर राखिएको कारलाई काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिँदा कार नदीमा खसेको हो । प्रारम्भिक जानकारी अनुसार कारमा तीन जना सवार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रविन्द्र बहादुर सिंहका अनुसार कार सुनकोशी नदीमा खसेको पुष्टि भए पनि नदीमा कार देखिएको छैन । मध्यपहाडी राजमार्ग पुनःनिर्माणको ठेकेदार कम्पनीको कार भएको जानकारी प्राप्त भए पनि कारमा सवार व्यक्तिको संख्या तथा परिचय’bout आधिकारिक पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय खुर्कोट, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली तथा स्थानीय जनप्रतिनिधि र स्थानीयवासी घटनास्थलमा पुगेर कार तथा त्यसमा सवार व्यक्तिहरूको खोजी कार्य सुरु गरेका छन् । प्रहरीले घटना’bout थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट
धनगढी उपमहानगरद्वारा दशरथ चन्द विश्वविद्यालय परिसर सरसफाइ
सुनसरी तनावग्रस्त : झडपपछि एक जनाको मृत्यु, पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु
जगेडा ग्यास नराख्न उद्योगीको आग्रह
काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए
शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो






