काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री धवलशमशेर राणाले दुर्गा प्रसाईं पक्राउको निन्दा गरेका छन् । राप्रसा त्यागेर हालै दुर्गा प्रसाईको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान समाहित भएका राणाले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन्– आलोचना, फरक मत, मत–अभिमत लोकतान्त्रिक पद्धतिका आधारस्तम्भ हुन् । नागरिकप्रति सरकारको जवाफदेहिता, प्रजातान्त्रिक सन्तुलन र समाजको उन्नति–प्रगतिका लागिसमेत विचार एवं अभिव्यक्ति स्वतन्त्रता आधारभूत छन् । सरकारको आलोचना गर्नै नपाइने हो भने, त्यस्तो शासन प्रणाली लोकतान्त्रिक रहन सक्दैन ।’
‘विविध आस्था, धर्म, संस्कृति, परम्पराबीचको सद्भाव, सम्मान र मिलन नेपाली समाजको मौलिक चरित्र हो । सामाजिक सहिष्णुता र सद्भावको विरासत बचाएर राख्नु हामी सबैको साझा कर्तव्य हो । तर पछिल्ला दिन देशका केही भूभागमा देखिएको आपसी द्वन्द्व, झडप, आगजनी र जनधनको क्षतिबाट हामी सबै चिन्तित छौं । यस संवेदनशील घडीमा नागरिकको जिउधन सुरक्षाको प्रत्याभूति माग गर्नु, दिगो शान्तिको अपेक्षा राख्नु, सरकारको जवाफेहिताका लागि पहरेदारी गर्नु नागरिकको कर्तव्य हो, विज्ञप्तिमा उल्लेख छ ।
कुनै पद नखुलाइ जारी गरेको विज्ञप्तिमा राणाले भनेका छन् ‘यही सन्दर्भमा विश्वव्यापी रूपमा स्थापित मानव अधिकार र संविधानप्रदत्त विचार एवं अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेर अभिव्यक्ति दिएकै कारण राष्ट्रवादी नेता दुर्गा प्रसाईलाई सरकारले हिजो साउन १७ गते राति उहाँको निवासबाट पक्राउ गर्नु निन्दनीय छ । उहाँको तत्काल रिहाइको लागि सरकारको ध्यानाकर्षण गर्दछु ।’
सम्बन्धित समाचार
मुख्यमन्त्री शाहले गरे कांग्रेस सदस्यता अध्यावधिक
यस्ता छन्- मन्त्रिपरिषद् बैठकका ७ निर्णय (सूचीसहित)
‘काँग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’ : भीष्मराज आङ्देम्बे
कांग्रेसमा समानान्तर गतिविधि : संस्थापन ‘रुख जोगाउने’, इतर पक्ष ‘कांग्रेस जोगाउने’
कर्णालीमा नेकपाले एमाले नेतृत्वको सरकार नमान्ने, अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
रास्वपामा संघीय सांसदको स्वकीय सचिव बन्न एकाघरका सदस्य वा नजिकका नातेदारलाई पूर्णरूपमा निषेध (परिपत्रसहित)
कुमार बेनको भारत भ्रमणवारे जानकारी छैनः परराष्ट्र मन्त्रालय
अस्तित्वका लागि मिल्दै वामपन्थी






