–गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको पक्षमा साझा मोर्चा
–२३ साउनमा घोषणा गर्ने तयारी
काठमाडौं । मध्यावधि निर्वाचनपछि कमजोर बनेका गणतन्त्र र संघीयतापक्षधर साना राजनीतिक दलहरू साझा राजनीतिक ध्रुवीकरणको तयारीमा जुटेका छन् । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई साझा एजेन्डा बनाएका सात दलले ‘अग्रगामी मोर्चा’ गठन गरी आगामी २३ साउन औपचारिक घोषणा गर्ने गृहकार्य थालेका छन् ।
सोमबार कुपण्डोलस्थित प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्माको सम्पर्क कार्यालयमा भएको छलफलले मोर्चा गठनको प्रारम्भिक खाका तयार गरेको हो । नेताहरूले पछिल्लो राजनीतिक परिस्थिति, संसदीय शक्ति सन्तुलन र तराई–मधेसका घटनाक्रमलाई केन्द्रमा राखेर सहकार्यको आवश्यकता औंल्याएका छन् ।
मोर्चामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल सहभागी हुने तयारी रहेको स्रोतले जनाएको छ ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले २३ साउनमा काठमाडौंको थापागाउँस्थित काठमाडौं बैंकेटमा मोर्चा घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार मोर्चाको मुख्य उद्देश्य गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता तथा अग्रगामी राजनीतिक उपलब्धिको रक्षा गर्नु हुनेछ । छलफलमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनार्दन शर्मा, डा. सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह तथा जसपा नेपालका नेता जितेन्द्र सोनललगायत सहभागी थिए ।
मधेस राजनीतिलाई केन्द्रमा राख्दै सहकार्य
छलफलमा विशेषगरी पछिल्ला दिनमा तराई–मधेसमा विकसित राजनीतिक तथा सुरक्षा अवस्थाको समीक्षा गर्दै मधेस केन्द्रित राजनीतिक शक्तिहरूबीच सहकार्य अपरिहार्य भएको निष्कर्ष निकालिएको सहभागी नेताहरूले बताएका छन् । संघीयता र अन्य राजनीतिक उपलब्धिमाथि चुनौती देखिएको निष्कर्षसहित साझा राजनीतिक अभियान सञ्चालन गर्ने समझदारी बनेको स्रोतको दाबी छ ।
पार्टी एकीकरणसम्मको बहस
बैठकमा तत्काल कार्यगत एकताबाट अघि बढ्ने र भविष्यमा आवश्यक परे पार्टी एकीकरणसम्म जाने सम्भावना’bout समेत छलफल भएको बताइएको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु शाह निकट एक नेताका अनुसार मधेसका मुद्दामा विभाजित रहँदा राजनीतिक प्रभाव कमजोर भएको र त्यसको फाइदा अन्य शक्तिले उठाएको निष्कर्ष बैठकमा प्रस्तुत गरिएको थिया । उनका अनुसार प्रभु शाह, उपेन्द्र यादव, सीके राउत तथा थारू समुदायका नेता रेशम चौधरीबीच कार्यगत सहकार्यदेखि दीर्घकालीन राजनीतिक एकीकरणसम्मका विकल्प’bout पनि प्रारम्भिक छलफल भएको छ ।
सम्बन्धित समाचार
मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
सुनसरी तनावग्रस्त : झडपपछि एक जनाको मृत्यु, पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु
सुनसरीमा हटाइयो कर्फ्यू
उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी
मधेस प्रदेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी ३९ उजुरी दर्ता
पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध
महोत्तरीमा स्कुल बस दुर्घटना हुँदा ६ जना घाइते






