इटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इटा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ ।

साउन १८ गते बिहान करिब ११ः२० बजे इटा भट्टाको पर्खाल भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै र ४५ वर्षीय राम फेरन कोरीको उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर घाइते भएका कोरीको आज बिहान करिब ३ः३० बजे उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार वर्षादी लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइसकिएको छ भने राम फेरन कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो