सप्तरी । सप्तरी प्रहरीले खेतबारीमा बोरा भित्र लुकाई राखेको ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध गाजा बरामद गरेको छ ।
अनुसन्धानकै क्रममा उक्त गाजा लुकाउने व्यक्ति सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ७ का ५२ वर्षिय मधुरी मुखिया रहेको पत्ता लागेपछी उनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलन तथा मासिक प्रगती बिबरण सार्वजनिक कार्यक्रममा प्रहरीले उक्त घटना सार्वजनिक गरेको हो ।
प्रहरी उपरिक्षक रुपक खडकाका अनुसार अघिल्लो दिन आइतबार विशेष सूचनाका आधारमा प्रहरी निरिक्षक अनिल कुमार साह तथा इप्रका हनुमाननगरबाट प्रहरी वरिष्ठ नायब निरिक्षक नारायण कुमार दाहालको संयुक्त कमान्डमा खटिएको प्रहरी टोलीले सोही वडाको योगिनियाँस्थित कोशी पलार क्षेत्रमा पटुवा खेतबारीबाट प्लास्टिकको बोरामा प्याकिङ गरि राखिएको ३ क्विन्टल २ किलो ४ सय ८० ग्राम गाजा बराबद गरेको हो ।
अनुसन्धान गर्दै जाँदा गाजा तस्करी प्रयोजनका लागि मुखियाँले लुकाइराखेको खुलेपछी उनलाई पक्राउ गरि लागु औषध कसुर मुद्दामा सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक हेमराज घिमिरेले जानकारी दिए ।
प्रहरीले भारतीय सीमासँग जोडिएको पालिका क्षेत्रमा निगरानी र रात्री गस्ति तीब्र बनाएपछि ठुलो परिमाणमा एकपछि अर्को लागुऔषध गाँजा बरामद हुन थालेको छ । यसअघि साउन २२ गते मध्यराती सप्तरीको राजगढ गाउँपालिका १ स्थित नहर छेऊबाट प्रहरीले १ सय ९० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको थियो ।
यस्तै साउन ६ गते भारतीय सीमासँगै जोडिएको हनुमाननगर कंकालिनी नगरपालिकाको रम्पुरा मल्हनिया सडक खण्डमा रात्री गस्तीकै क्रममा प्रहरीले तीन वटा गाडीमा भारततर्फ गइरहेको ३३ क्विन्टल गाँजा बरामद गरेको थियो ।
सम्बन्धित समाचार
पर्साका एसपी पाठक फिर्ता, भट्टराईलाई कमान्ड
सामुदायिक संवेदनशीलता व्यवस्थापनमा सुरक्षा निकायको गम्भीर लापरवाही
एकैपटक नारायणी अस्पतालका सबै चिकित्सकले किन दिए राजीनामा ?
सुनसरी अझै अशान्त, सद्भाव कायम गर्न अपिल
सुनसरीका २ पालिकामा आज पनि निषेधाज्ञा जारी
सुनसरी र सिरहाको घटना संघीयता कमजोर गर्ने खेलः डा. यादव
सशस्त्र प्रहरीका १० डिएसपीको सरुवा, हेर्नुहोस् सूची
क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने दुलाल पक्राउ






