वडाध्यक्ष महतो पक्राउ

रौतहट । रौतहटको मौलापुर नगरपालिका–३ का वडाध्यक्ष पक्राउ परेका छन् । गत बर्ष भएको मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु भएको प्रकरणमा प्रहरीले वडाध्यक्षसहित २ जनालाई हिजो सोमबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा सोमबार जारी प्रेस नोटमा, मौलापुर नगरपालिका–३ विद्युत कार्यालय नजिक मौलापुर–जयनगर सडकखण्डमा २०८२ साल असार ६ गते मौलापुर नगरपालिका—३ का वडाध्यक्ष महेश महतो कोइरीले चलाएको ना.२५ प १२२५ नम्बरको मोटरसाइकल र सोही स्थानका २८ वर्षीय त्रिकिशोर कुशवाहाले चलाएको प्रदेश २–०३–००७ प ६६६५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा कुशवाहाले चलाएको मोटरसाइकलको पछाडि सवार सोही स्थानका करिब २० वर्षीय निरज कुशवाहा गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको २०८२ साल माघ १७ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।

घटनापछि प्रहरीले सवारी ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक बसन्त गौतमले हिजो सोमबार वडाध्यक्ष महेश महतो कोइरी र त्रिकिशोर कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

epaper

ताजा समाचार

सिरियाका पूर्वराष्ट्रपति असदसहित सात अधिकारी दोषी ठहर, मृत्युदण्डको सजाय सुनाइयो