काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले बुधबार दुवैलाई थुनामा पठाउने आदेश दिएको हो ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी पहिलो मुद्दामा थुनामा रहेका भट्ट र अग्रवाललाई बुधबार अर्को मुद्दामा विशेष अदालतमा उपस्थित गराइएको थियो । दुवैको बयान र थुनछेक बहसपछि अदालतले थुनामा पठाउने आदेश दिएको हो ।
पूर्वअर्थमन्त्री विष्णु पौडेललाई समेत प्रतिवादी बनाइएको सम्पत्ति शुद्धीकरणसम्बन्धी दोस्रो मुद्दामा भट्ट र अग्रवालविरुद्ध पनि मुद्दा चलाइएको थियो । सोही मुद्दामा पौडेललाई भने साधारण तारिखमा छाड्न अदालतले आदेश दिएको छ । पौडेल साधारण तारिखमा छुट्दा भट्ट र अग्रवाल भने थुनामा पठाइएका हुन् ।
तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)
सम्बन्धित समाचार
कर्णालीमा मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
अझै देशको राजनीति सहज भइसकेको छैन : नेकपा संयोजक प्रचण्ड
गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर युवकको मृत्यु
हट्यो लहानमा लगाइएको कर्फ्यु, गोलबजारको भने यथावत्
गोलबजारको कर्फ्यु हटाइयो
मृतक मेहताका परिवारसँग गृहमन्त्रीको संवाद सकारात्मक, शव परीक्षणका लागि तयार
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदवारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश






