विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले सामूहिक राजीनामा दिएका छन्। कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले बुधबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर मुख्यमन्त्री हिक्मत कुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।
भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवारको नेतृत्वमा कांग्रेसका मन्त्रीहरूले राजीनामा बुझाएसँगै कांग्रेस औपचारिक रूपमा कोशी प्रदेश सरकारबाट बाहिरिएको छ।
राजीनामा दिनेमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बु, उद्योग, कृषि तथा सहकारी मन्त्री इसराइल मन्सुरी र राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वा रहेका छन् ।
राजीनामा पछि सञ्चारकर्मीसँग कुरा गर्दै भौतिक पूर्वाधार विकास मन्त्री सुनुवारले लोकतन्त्रमा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने भएकाले कांग्रेस सरकारबाट बाहिरिएको बताए ।
यसअघि एमाले र नेकपाबीच प्रदेश सरकार गठनका विषयमा तीनबुँदे सहमति भएपछि नेपाली कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको थियो । समर्थन फिर्ता लिएपछि पनि कांग्रेसका मन्त्रीहरू सरकारमै रहेका थिए। बुधबार भने कांग्रेसले आफ्ना मन्त्रीहरूलाई राजीनामा गराउँदै औपचारिक रूपमा सरकारबाट बाहिरिएको हो।
कांग्रेस सरकारबाट बाहिरिएसँगै कोशी प्रदेश सरकारको आगामी राजनीतिक समीकरण थप स्पष्ट हुने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
थप हिंसा फैलिन नदिन प्रभावकारी भूमिका खेल्ने प्रधानमन्त्रीसमक्ष सांसदको प्रतिबद्धता
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
पत्रकारको प्रश्नमा किन रिसाए प्रचण्ड ?
संसद् छिर्यो न्यायाधीशमाथिको ‘महाअभियोग त्रास’
राजनीतिसँगै पुनः कानुनी विवादमा कांग्रेस
तर्साएर तर्सिन्न, दबाएर दबिन्न : सभापति थापा
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
हिजो के भएको हो सुस्तामा ?






