रमिला खुमनको तीजेगीत ‘जम्छ माया विस्तारै’ सार्वजनिक

काठमाडौं । लोकदोहोरी गीतमा जमेको गायन तथा अभिनय जोडी रमिला न्यौपाने र खुमन अधिकारीले ‘जम्छा माया विस्तारै’ ल्याएका छन् । तीजको कोसेलीको रुपमा नयाँ गीत ल्याएको गायिका न्यौपानेले बताएकी छन् ।

गायिका न्यौपानको अफिसियल युट्युबल च्यानल ‘रमिला न्यौपाने’बाट सार्वजनिक गीतमा न्यौपाने र अधिकारीको शब्द रचना तथा अधिकारीको संगीत रहेको छ । हरेक तीजमा चर्चित गीत आउने आशामा बसिरहेका दर्शक स्रोताहरुलाई ‘जम्छ माया विस्तारै’ भन्ने गीतले डाहा गर्नेहरुलाई डाहा गर्दै गरुन् भन्ने बोल रहेको छ ।

गीत सार्वजनिक भएलगत्तै हजारौं शुभेच्छुकले टिकटक र रिल्स बनाएर माया दिएको गायिका न्यौपाने बताउँछिन् । संस्कृतिका नाममा तीज गीतसंगै विकृति पनि भित्रिएको अवस्थामा आफ्नो गीतले तिजको मौलिकता जोगाउने प्रयास भएको प्रतिक्रिया पाईरहेको गायिका न्यौपानेले बताइन् ।

तीजे गीतको म्युजिक भिडियोमा बबिनसिंह ठकुरी र रचना न्यौपाने फिचर्ड गरिएको छ भने भिडियोलाई मुकेश नेपालीले निर्देशन गरेका छन् । रमिला र खुमनलेनै अभिनय समेत गरेको गीतमा राजेन्द्र बाजुराली, सागर बाजुराली, ज्ञानु परियार र प्रतिमा विश्वकर्माले साथ दिएका छन् । विनोद बाजुरालीले संगीत संयोजन गरेको गीतमा मिक्सिङ र मास्टरिङ खडक बाजुरालीले गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

रोल्पा पहिरो : १० शव भेटिए, ८ जनाको सनाखत, बेपत्ताको खोजी जारी