रोल्पा पहिरो : १० शव भेटिए, ८ जनाको सनाखत, बेपत्ताको खोजी जारी

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका-५ कोटलबारामा अविरल वर्षापछि आएको पहिरोले घर तथा गोठ पुरिँदा १० जनाको मृत्यु भएको छ भने ८ जनाको मात्र सनाखत भएको छ । अझै ३ जना सम्पर्कविहीन छन् पहिरोमा परी गम्भीर घाइते भएका २ जनालाई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको छ ।

पहिरोमा परी मृत्यु हुनेमा थबाङ गाउँपालिका–५ उवाको कोटलबारा निवासी १८ वर्षिया शान्ति पुन मगर, ६० वर्षिय कमलबहादुर पुन मगर, ७५ वर्षिय दलबहादुर पुन मगर र ८० वर्षिया मनखना पुन मगर, ८५ वर्षिया हस्तकला रोका मगर ३८ वर्षिया जुन कुमारी पुन मगर, ९ वर्षिय अशिम पुन मगर, ५ वर्षिय अशोक पुन मगर रहेको घटनास्थलमा खटिएका रोल्पा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पंचकुमार बाखुले जानकारी दिएका छन् । ३ वटा शव ३८ वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ५ वर्षीय अशोक पुन मगरको पहिचान खुलेको छ २ वटाको पहिचान खुल्न सकेको छैन ।

उवाको कोटलबारा गाउँको पहिरोमा वेपत्ता भएका हुनसक्ने आशंका गरिए पनि पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी पहिरोमा परी २२ वर्षिय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगर गम्भीर घाइते भएकोले थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठका अनुसार पहिरोमा परी अझै बेपत्ता हुनेमा ८० वर्षीय अजम्बर पुन मगर, ८० वर्षीय बलबहादुर पुन मगर, ६१ वर्षीय लिल बहादुर पुन मगर, ६६ वर्षीया मनि पुन मगर, र ३४ वर्षीय महेन्द्र घर्ती रहेका छन् ।

बुधबार राति परेको अविरल वर्षासँगै आएको लेदो, ठूला ढुङ्गा तथा मुढासहितको पहिरोले कोटलबाराको बस्तीका ९ वटा घर,१ वटा घुम्ती किराना पसल,२ वटा गोठ,१ वटा चर्च गरी १२ वटा पुरेर बगाउँदा ठूलो मानवीय क्षति भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

epaper

ताजा समाचार

हराएका बालबालिका खोजतलासमा सरकारको सक्रियता : ८,७२४ मध्ये ८,४३८ फेला, विशेष अभियान सञ्चालन गर्ने तयारी