काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा आज बिहान भएको स्कारपियो दुर्घटनामा घाइते भएकी लक्ष्मी बडुको मृत्यु भएको छ ।
काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । आज मंगलबार बिहान बिहान १०ः०४ बजे अस्पताल पु¥याइएकी ४९ वर्षीया बडुको बिहान १०ः२९ बजे मृत्यु भएको हो ।
लक्ष्मी उच्च अदालत वीरगन्जका रजिस्ट्रार तारादत्त बडुको पत्नी हुन् ।
उच्च अदालत वीरगन्ज पर्साको मुख्य न्यायाधीश, रजिस्टार र गाडी चालकसहित ६ जना सवार प्रदेश ३–०१–००२ झ ५१८३ नं. को स्कारपियो गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी ५०/६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो ।
घाइतेमध्ये उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रितेन्द्र बडु र रिता बडुको उपचार सैनिक अस्पताल छाउनीमा भइरहेको छ ।
यसअघि स्कारपियो चालक छुनिलाल चौधरी र रजिस्ट्रार तारादत्त बडुलाई थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो ।
सम्बन्धित समाचार
खोलाले बगाएर छोराको मृत्यु भएपछि आमा पनि झुन्डिएको अवस्थामा मृत फेला
स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु
दलित समुदायका थर सूचीकरण गर्नुअघि मन्त्रालयद्वारा सुझाव माग
‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै
सप्तकोशीको धार फेरिँदा श्रीलंका टापुका ६ सय परिवार जोखिममा
जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई जफत सामाग्रीसहित सोमबार अदालत उपस्थित गराउन सर्वाेच्चको आदेश
रोकिराखेको बस आफैं गुडेर भीरबाट खस्दा २ महिलाको मृत्यु
रहेनन् ‘फूलको आँखामा फूलै संसार’ गीतका सर्जक जनकवि दुर्गालाल श्रेष्ठ







