पूर्व कृषि मन्त्री साहले गरिन् विद्यालय भवनको शिलान्यास

बारा । बारामा पूर्व कृषि मन्त्री एवं क्षेत्र –३ की निवर्तमान प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साहले विद्यालय भवनको शिलान्यास गरेकी छिन । कलैया उपमहानगरपालिका–७ बरेवा स्थित श्री दुर्गा माध्यमिक विद्यालयमा आठ कोठे भवनको शिलान्यास गरेकी हुन।

वैदिक मन्त्रद्वारा बुधवार शिलान्यास गरिएको ८ कोठे भवन १ करोड ५० लाखको लागतमा विनोद कन्स्ट्रक्सनले ठेक्का सकार गरेको जानकारी गराइन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अवधेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साह प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्।

शिलान्यास कार्यक्रममा बोल्दै पूर्व मन्त्री साहले चुनाव हार जित नियमित प्रक्रिया रहेको बताइन । ‘ आफ्नो खुट्टाको एकल फ्रायक्चर भएकोले उपचारको क्रममा रहेको बताइन ‘ । जनताको मायाले निरन्तर आफू समाज सेवामै रहेको समेत बताइन । अन्तिम सास सम्म जनताको साथमा रहने प्रतिबद्धता गरेकी छिन ।

आफ्नो कार्यकाल मै कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार पहिलो प्राथमिकतामा रहेको समेत जानकारी गराइन । जनताको मतले आफू निर्वाचित भए पछि सांसद भएको पहिलो दिन मै ३ करोड बजेट विनियोजन गरेको जानकारी गराइन ।

जसमध्ये दुर्गा माध्यमिक विद्यालयका लागि रु १ करोड ५० लाख र कलैया ०३ भवानीपुर स्थित श्री सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयका लागि रु १ करोड ५० लाख विनियोजन गरिएको बताइन ।

आफूले गरेको प्रतिबद्धता अनुसार विद्यालयको भौतिक पूर्वाधार विकास तथा शैक्षिक गुणस्तरमा सहयोग गरेको बताइन । विद्यालयलाई गुणस्तरीय तथा प्राविधिक शिक्षामा अघि बढाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

कार्यक्रममा कलैया उपमहानगरपालिका–७ का वडाध्यक्ष सैफुल्लाह मन्सुर, वडा नं. १३ का पूर्व वडाध्यक्ष राजन पटेल, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेसमलाल कँडेल, शिक्षा शाखा प्रमुख राजीव कुमार यादव, विद्यालयका प्रधानाध्यापक मनोज यादव, प्रादेशिक अस्पताल कलैयाका व्यवस्थापन समिति अध्यक्ष जवाहिर अन्सारी, नीरज पाण्डे, जले यादवलगायत शिक्षक तथा कर्मचारीहरूको सहभागी रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री कार्यालयको अनुरोध : खरिद प्रक्रियामा नेपाली उत्पादनलाई नै प्राथमिकता दिनूस्