काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरूपयोग अनुसन्धान आयोग संवैधानिक अंग हो कि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको शाखा हो भनी स्पष्ट पार्न आग्रह गरेका छन् ।
केही समयअघि अख्तियार प्रमुखसहितलाई ७ घन्टा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाइएको प्रसंग निकालेर उनले सो आग्रह गरेका हुन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज बिहीबारको बैठकमा बोल्दै रास्वपा सांसद सिंहले अख्तियारले प्रधानमन्त्रीलाई समेत छानबिन गर्न सक्ने बताए ।
‘अख्तियार संवैधानिक अंग हो कि प्रधानमन्त्री कार्यालयको शाखा हो, स्पष्ट गरिदिनुस् । यसले प्रधानमन्त्रीको समेत छानबिन गर्न सक्छ,’ बैठकमा निकै आक्रोशित सुनिएका सांसद सिंहले भने, ‘अख्तियारको मर्यादा समाप्त हुँदैछ । प्रधानमन्त्री हुँदैमा कोही राजा हुँदैन । सांसद रैती हुँदैन ।’
उनले अख्तियार पदाधिकारीहरुलाई प्रधानमन्त्रीले बोलाए नजान र चिठी माग्न पनि आग्रह गरेका थिए ।
गत असार पहिलो साता अख्तियारको टिम नै प्रधानमन्त्री कार्यालय पुगेको थियो । सरकारमाथि निगरानी राख्न र सन्तुलन कायम गर्न गठित संवैधानिक अंग अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सबै पदाधिकारीलाई प्रधानमन्त्री बालेन शाहका सहयोगीहरूले कार्यालयमा घन्टौंसम्म राखेर केरकार गरेको भनेर प्रश्न उठेको थियो ।
अख्तियार प्रमुखसहित आयुक्तहरू पनि सहभागी बैठकमा उनले अख्तियारको काम कारबाहीको पनि आलोचना गरे । ‘अख्तियारले पनि बिचौलिया पाल्दो रहेछ । सय जना चिन्छु । त्यहाँ बसेर पैसा उठाउँदा बदनाम हुन्छ । अख्तियारले सम्पत्ति हेर्ने आफ्नो दायित्व पूरा नगर्दा अरू आयोग बने, भैरहवा विमानस्थलमा भ्रष्टाचार भएको छ । म रेकर्ड गराउँछु । ठूला भ्रष्टाचारमा केही नगर्ने ?,’ उनले भने ।
सम्बन्धित समाचार
रास्वपालाई लाग्यो स्थानीय तह चुनाव
देउवा स्वदेश फर्किनुअघि सानेपामा कांग्रेस बैठक
कांग्रेसको १५औं महाधिवेशन: असोज १६-१९ को मिति यथावत
हिन्दु राज्यको पक्षमा उभिने देउवा समूहको संकेत
गुट मिलाउन नसक्दा फुटको बाटोमा कांग्रेस
दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता
रास्वपा सभापति लामिछाने मन्त्री र सांसदसँग सामूहिक छलफल गर्दै
कर्णाली प्रदेश मन्त्रालय बाँडफाँटमा सहमति : नेकपालाई मुख्यमन्त्रीसहित चार र एमालेलाई तीन मन्त्रालय






