काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ।
महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बिहीबार बसेको शीर्ष नेताहरूको बैठकले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिए।
विश्वकर्माका अनुसार शुक्रबारसम्म अदालतमा निवेदन दर्ता गर्ने तयारी छ । उनले भने, “जतिसक्दो चाँडो महाधिवेशन रोक्न माग गर्दै अदालतमा निवेदन दिने निर्णय भएको छ ।”
पार्टीको आधिकारिकतासम्बन्धी विवादको मुद्दा पुनः सुनुवाइ हुने भएकाले त्यसको टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने संस्थापन इतर समूहको भनाइ छ।
तर, कांग्रेसले भने महाधिवेशन प्रक्रिया अघि बढाइसकेको छ । केन्द्रीय निर्वाचन समितिको पछिल्लो निर्णयअनुसार वडा अधिवेशन २४ भदौमा गर्ने कार्यतालिका तय भएको छ ।
कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औं महाधिवेशन गर्ने पूर्वनिर्णयलाई यथावत् राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका भने हेरफेर गरेको छ ।
सम्बन्धित समाचार
राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो : धवलशमशेर
प्रधानमन्त्री र मन्त्रीलाई टि-सर्ट लगाएर संसद्मा आउन रोक लगाइयोस्: एमाले सांसद पोखरेल
यी हुन् नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरु
प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच भेटवार्ता
साढे पाँच महिनापछि स्वदेश फर्किए देउवा, कांग्रेस नेता कार्यकर्ताद्वारा भव्य स्वागत
कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला आज, देउवाले उद्घाटन गर्ने
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
नौवटा संसदीय समितिको बैठक बस्दै, कुन बैठकमा कसलाई बोलाइयो ?






