काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन् । उनी आज बिहीबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएका हुन् ।
फागुन १३ गते उपचारका लागि भन्दै सिंगापुर गएर स्वदेश फर्किएका उनलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ । संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका देशभरका कार्यकर्ता उनको स्वागतका लागि विमानस्थल पुगेका थिए ।
देउवा भोलि शुक्रबार सुकेधारास्थित पार्टी प्यालेसमा आयोजना हुन लागेको संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ ।
देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)
सम्बन्धित समाचार
प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै
देवानगञ्ज गोलीकाण्डः मृतकका परिवारले शव बुझेनन्
प्रधानमन्त्री र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो : धवलशमशेर
प्रधानमन्त्री र मन्त्रीलाई टि-सर्ट लगाएर संसद्मा आउन रोक लगाइयोस्: एमाले सांसद पोखरेल
यी हुन् नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरु
प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच भेटवार्ता
अब देशैभर सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको एउटै र निश्चित ढाँचा






