काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रिक्त केही पदाधिकारीको पदपूर्ति गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले रिक्त विभिन्न पदाधिकारीको पदपूर्ति गरेको जनाइएको छ ।
जसअनुसार, कोषाध्यक्षमा डा. मनोहर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहमहामन्त्रीमा पुरुषोत्तम यादव, प्रवक्तामा पूर्वमन्त्री जगदीश खरेल, सहप्रवक्तामा ननिता यादव र सुरेन्द्र चौधरी मनोनीत भएका छन् । एक उपसभापति, महामन्त्री र सहमहामन्त्री पद अझै रिक्त छ ।
बैठकले केन्द्रीय समिति सचिवालय पनि विस्तार गरेको छ । सचिवालयमा परराष्ट्रमन्त्री शिशिर खनाल, संसदीय दलका उपनेता गणेश पराजुली, पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बाँस्कोटा, शिव नेपाली, इन्दिरा रानामगर र मनिष झा समेटिएका छन् ।
१३ साउनमा बसेको केन्द्रीय समिति बैठकले ५ जना सचिवालय सदस्य बनाएको थियो । रास्वपाको विधानअनुसार सभापति रवि लामिछानेले बढीमा ३३ जनालाई सचिवालय सदस्य बनाउन सक्ने प्रावधान छ ।
यस्तै, केन्द्रीय समितिमा नौजनालाई मनोनीत गरिएको छ । जसमा सुनिल लाम्साल, भूपदेव शाह, सुधन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम यादव, मनोहर प्रधान, भक्तबहादुर राई, बशुमाया तामाङ र सुरेन्द्र चौधरी केन्द्रीय सदस्य बनेका हुन् ।
सम्बन्धित समाचार
देउवा फिर्तीसँगै कांग्रेसमा नयाँ शक्ति संघर्ष
लुम्बिनीमा सरकार गठन गर्न १ सिटे मसालसँग एमाले-नेकपाको २ बुँदे सहमति
कर्णाली प्रदेशः मन्त्रिपरिषदविहिन मुख्यमन्त्री, बिजनेसविहिन प्रदेशसभा
निर्णय सुनाउने बेला निधि र महतबीच किन भयो धकेलाधकेल ?
भारतीय सेनाध्यक्ष धीरज सेठ काठमाडौंमा
कोशी मन्त्रिपरिषदमा प्रचण्डका ज्वाइँको ह्याट्रिक
प्रदेशमा दिनहुँ सत्ता उलटफेर
रास्वपा सांसद अमरेश सिंहको प्रश्न : अख्तियार संवैधानिक अंग हो कि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको शाखा ?






