काठमाडौं । बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शीर्ष नायकमा प्रजल दुलाल अनुबन्ध भएका छन् ।
सहायक भूमिकामा संघर्षरत प्रजलले पहिलो पटक शीर्ष नायक बन्न लागेका हुन् । उनले फिल्महरू ‘बलिदान’, ‘विमान’, र ‘अक्षरा’मा अभिनय गरेका छन् । हाल उनी ‘तीन तीघ्रे क्या बिग्रे’को छायाङ्कनमा छन् ।
उनी थिएटर पृष्ठभूमि भएका कलाकार हुन् । यसअघि नै यो सिनेमाको मुख्य भूमिकामा रिहान गिरी, सन्तोष बानियाँ र जीवनजंग बस्न्यात अनुबन्धित भैसकेका छन् । मुख्य अभिनेत्रीमा गुराँस ढकाल आबद्ध भएकी छन् ।
स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने यस फिल्मले जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा भन्ने बताइएको छ ।
फिल्मको कथा निर्देशक चौहान र उपाश्री खतिवडाले लेखेका हुन् । भोलानाथ कटुवाल निर्माता हुन् ।
तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)
सम्बन्धित समाचार
ऐतिहासिक फिल्म ‘आमा’ को विशेष प्रदर्शन
‘रोड टु एभरेस्ट’ वृत्तचित्रको फर्स्ट लुक पोस्टर र अफिसियल टिजर सार्वजनिक
रमिला खुमनको तीजगीत ‘जम्छ माया विस्तारै’ सार्वजनिक
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
डा. रणजितकुमार झाको नयाँ गीत ‘न गाँस्थे म प्रित’ सार्वजनिक
‘कम्मरु भाँचम्ला’ तीजगीत सार्वजनिक
भोजपुरको फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै
गणपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित, अर्काे बैठक १ भदौमा






