काठमाडौं । गणेशमान सिंहको जीवनीमा आधारित रहेर सर्वनाम थिएटरमा नाटक मञ्चन हुने भएको छ । अशेष मल्लको परिकल्पना, नाट्यरुपान्तरण र निर्देशनमा ‘वीर गणेशमान’ नाटक मञ्चन हुने भएको हो ।
नाटकमा नेपालको प्रजातान्त्रिक आन्दोलनका महान् योद्धा गणेशमान सिंहको जीवन, संघर्ष र अडानलाई प्रस्तुत गरिने बताइएको छ । नेपाली राजनीतिमा उनलाई लौह पुरुष भनेर चिन्ने गरिन्छ । सिंह नेपालमा प्रजातन्त्र स्थापना र पुनर्स्थापना लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्ने नेता हुन्।
२४ कात्तिक १९७२ मा काठमाडौंको रैथाने परिवारमा जन्मेका सिंहको निधन २ असोज २०५४ मा भएको थियो । उनी नेपाली कांग्रेसका संस्थापक नेता तथा २०४६ को ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमान्डर थिए ।
उनैको जीवनमाथि रहेर मञ्चन गरिने नाटक १४ भदौदेखि १४ असोजसम्म बिहीबारबाहेक नियमित मञ्चन हुनेछ ।
तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)
सम्बन्धित समाचार
बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै
राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि
कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान
जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री
आज श्रावण शुक्ल पञ्चमी : नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै
ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन
जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँः शिक्षामन्त्री पोखरेल






