काठमाडौं । मलेसियाविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टस हारेर फिल्डिङको निम्तो पाएको छ । यी दुई टोलीबीचको खेल मलेसियामा जारी छ ।
नेपालले एसिसी प्रिमियर कपको तयारीस्वरूप मलेसियाविरुद्ध अभ्यास म्याच खेलिरहेको हो । नेपालले हालै भारतमा १० दिनको प्रशिक्षण सम्पन्न गरेको थियो । जहाँ नेपालले कर्नाटक राज्यस्तरीय टोलीविरुद्ध दुईवटा अभ्यास खेल पनि खेलेको थियो ।
नेपाली टिमले उक्त दुवै अभ्यास खेलमा जित निकालेको थियो । भारतमा अभ्यास सकाएर नेपाली टोली उतैबाट मलेसिया प्रस्थान गरेको थियो । आसन्न एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा परेको छ । समूह चरणमा नेपालले पहिलो खेलमा भदौ १५ गते बहराइनविरुद्ध खेल्ने तालिका छ । यस्तै, नेपालले समूह चरणमा आयोजक मलेसिया, साउदी अरेबिया र हङकङविरुद्ध पनि खेल्ने छ ।
तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)
सम्बन्धित समाचार
चिटिक्क बन्योः चिदीचौर खेल मैदान
आयुष कुँवरले आफ्नै राष्ट्रिय कीर्तिमान तोड्दै बनाए नयाँ इतिहास
कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा
हर्मुज मार्ग अमेरिकी नियन्त्रण रहेको ट्रम्पको दाबी
सुर्खेतको चालिखेमा सर्पले डस्दा महिलाको मृत्यु
कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन
प्युठानको खोला किनारमा चार जनाको शव फेला
जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री






