काठमाडौं । बुधबार संसदमा प्रधानमन्त्री बालेन्द्र शाह कालो चस्मा लगाएर सांसदहरुको प्रश्नको जवाफ दिने भएका छन् । कालो चस्मा लगाएर संसदमा प्रस्तुत हुनका लागि उनले स्वास्थ्य परीक्षण रिर्पोटसहितको पत्र संघीय संसद् सचिवालयमा दर्ता गराएका छन् । पत्रमा बालेनले कालो चस्मा लगाउनैपर्ने डाक्टरले सिफारिस गरेका छन् ।
सभामुख डोलप्रसाद अर्याल (डीपी) ले कालो चस्मा नलगाउन राजनीति दलका प्रमुख सचेतक र सचेतकमार्फत सांसदहरूलाई भनेका थिए । यदि कालो चस्मा लगाउनुपर्ने हो भने स्वास्थ्य परीक्षण रिर्पोट चाहिने बताएका थिए ।
प्रधानमन्त्री बालेनले कालो चस्मा लगाउनुपर्ने परीक्षण रिर्पोटसहितको पत्र संसद् सचिवालय पुगेको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पुष्टि गरे ।
बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ । जहाँ प्रधानमन्त्री शाहलाई ११ जना सांसदले प्रश्न सोध्दैछन् । प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ ।
सम्बन्धित समाचार
यस्तो छ एमाले र नेकपाको प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार
देउवा फिर्तीसँगै कांग्रेसमा नयाँ शक्ति संघर्ष
लुम्बिनीमा सरकार गठन गर्न १ सिटे मसालसँग एमाले-नेकपाको २ बुँदे सहमति
कर्णाली प्रदेशः मन्त्रिपरिषदविहिन मुख्यमन्त्री, बिजनेसविहिन प्रदेशसभा
शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ : देउवा
पूर्वसभापति देउवालाई कांग्रेस सभापति गगनको स्वागत
असोजमा १५औँ महाधिवेशन गरे कांग्रेस विभाजन हुन्छः शंशाक
आशिकाको रिस अझै मरेन, आज पनि खनिइन् चिरिबाबुप्रति






