बाढिले बगाउँदा बोलेरो चालक बेपत्ता

दैलेख । नारायण नगरपालिका-११ स्थित मध्यपहाडी राजमार्ग सडक खण्डको नाउलिगाड ठाडो खोलामा अटो तार्न सहयोग गर्ने क्रममा बाढीले बगाउँदा एक बोलेरो चालक बेपत्ता भएका छन्।

गएको सोमबार साँझ खोलामा ठूलो बाढी आएपछि अटो तार्न पुगेका भगवतीमाई गाउँपालिका-५ का २८ वर्षीय टङ्क मगरलाई बाढीले बगाएर बेपत्ता बनाएको हो।

दैलेख बजारबाट भगवतीमाई बेस्तडातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ह १७४८ नम्बरको अटोलाई भगवतीमाईकै ३० वर्षीय कमल नेपालीले चलाएका थिए। खोलामा बाढी ठूलो भएपछि सडक छेउमा आफ्नो बोलेरो गाडी रोकेर मगर अटो तार्न सघाउन पुगेका थिए।

तर अटो खोला तार्ने क्रममा आएको तीव्र बहावले अटोसँगै मगरलाई पनि बगाएको स्थानीयले बताएका छन्।

घटनालगत्तै खटिएको प्रहरी टोलीले सडकभन्दा करिब १० मिटर तल खोलामा अटो फेला पारेको छ। खोलाले बगाएका बोलेरका चालक मगर भने अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका दैलेखले जनाएको छ । अहिले पनि मगरको खोजी कार्य जारी छ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

गर्भकै नीतिको आडमा राजश्व कार्यालय सिमराको कार्य सम्पादन