काठमाडौं । भोटेकोसीमा आएको बाढी प्रभावित भएका रसुवाका १२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।
नेपाली सनोका अनुसार, स्याप्रुबेसीबाट ६, मैलुङबाट दुई र धुन्चेबाट चार जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
बाढी प्रभावितको उद्धारका लागि १२ वटा हेलिकप्टर परिचालन गरिएका छन्। नेपाली सेनाका चार र निजी क्षेत्रका आठ वटा हेलिकप्टर उद्धारका लागि खटिएको नेपाली सेनाले जनाएको छ।
उद्धार गरिएका बाढी प्रभावितलाई नेपाली सेनाको मेडिकल टोलीले त्रिशुलीस्थित नं- १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार गरिरहेको जनाएको छ।
तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)
सम्बन्धित समाचार
सुदूरका मुख्यमन्त्री भट्टले लिए शपथ
पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित
विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
बागमतीको मुख्यमन्त्रीमा थापा नियुक्त
पहिरोले यी यी सडक छन् अवरुद्ध
सरकारसँग १४ बुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन
निखिलको ‘आचार्य’ को टिजर सार्वजनिक






