तत्काललाई थप जोखिम हट्यो

भोटेकोशीमा आएको बाढी रसुवा, १० भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेका प्रभावित क्षेत्र । तस्बिर/ रासस

काठमाडौं । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले रसुवाको भोटेकोशीमा आएको बाढीबाट हुन सक्ने थप क्षतिको जोखिम तत्कालका लागि टरेको जनाएको छ । केन्द्रका बाढीविद् विनोद पराजुलीले बाढीको प्रभाव अब क्रमशः घट्दै गएकाले थप खतरा तत्कालका लागि टरेको बताएका छन् ।

“रसुवास्थित भोटेकोशीमा आएको बाढी आएपछि नदी छेउछाउका बस्ती र बजार क्षेत्रमा उच्च सतर्कतासहित सुरक्षित रहन अनुरोध गरेका छौँ,” उनले भने, “सबैतिर पूर्वसूचना प्रवाह भएको छ, अब बाढीको ठूलो जोखिम पनि कम हुँदै गएको छ ।”

पराजुलीले बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै मोवाइल एसएमएसमार्फत सम्भावित प्रभावित क्षेत्रमा सर्वसाधरणलाई पूर्वसूचना पठाइएको बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 114 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवा बाढीमा ४४ सैनिकसहित ८५ सुरक्षाकर्मी सम्पर्कबाहिर