सरकारको नेतृत्वमा भइरहेको प्रतिकार्यमा सहयोग जारी छ : राष्ट्रसंघीय महासचिव

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको बाढी पीडितका उद्दार र राहातका लागि राष्ट्र संघीय प्रतिनिधिहरू परिचालन भएको बताएका छन् ।

बुधवार बिहान तिब्बतवाट आएको प्रलयकारी बाढीका कारण ब्यापक धनजनको क्षति भएको प्रति दुःख ब्यक्त गर्दै महासचिव गुटेरेसले नेपालका लागि आवाश्यक सहयोग गर्न राष्ट्र संघ तयार रहेको पनि जनाएका छन् ।

‘नेपाल र चीनमा आएको भीषण बाढीका कारण धेरैले ज्यान गुमाउनुपरेको, मानिसहरू बेपत्ता भएका र व्यापक विनाश भएको खबरले मलाई दुःखी बनाएको छ’ उनले एक्समा लेखेका छन, म पीडित परिवारहरूप्रति समवेदना व्यक्त गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। प्रभावित सबैप्रति मेरो ऐक्यबद्धता छ।

उनका अनुसार नेपालमा संयुक्त राष्ट्रसंघले सरकारको नेतृत्वमा भइरहेको प्रतिकार्यमा सहयोग गरिरहेको पनि जनाएका छन । ‘बाढीबाट प्रभावित समुदायहरूलाई सहयोग पुर्‍याउन राष्ट्रसंघका टोली तथा मानवीय सहायता साझेदारहरूले आवश्यक सामग्री र जनशक्ति परिचालन गरिरहेका छन्,’ उनले भनेका छन ।
 

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारको नेतृत्वमा भइरहेको प्रतिकार्यमा सहयोग जारी छ : राष्ट्रसंघीय महासचिव