छोचेन खोला र पुरेपू त्साङ्पो संगम तालको फुटयो, सुरक्षित रहन सर्कुलर

काठमाडौं । तिब्बतस्थित छोचेन खोला र पुरेपू त्साङ्पो नदी दोभानमा निर्माण भएको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी नेपाललाई दिइएको छ । ताल फुटेसँगै चीनले उद्दार र राहात कार्य तत्कालका लागि स्थगित गरेको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षले दिए लगत्तै भोटेकोशी र त्रिशुलीको तटीय क्षेत्रमा भइरहेको उद्दार रोक्न तथा सुरक्षित रहन स्थानिय, सुरक्षाकर्मी, स्वयंसेवक र सहयोगीहरूलाई सर्कुलर गरिसकिएको छ ।

बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको ग्लोबल टाइम्सले चीनिया जलस्रोत मन्त्रालयलाई उल्लेख गर्दै जानकारी दिएको थियो । तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुने र जुनसुकै बेला फुटन सक्ने जानकारी दिएको भोलीपल्टै ताल फुटेको हो ।

सम्भावित बाँध फुट्ने जोखिमलाई मध्यनजर राखेर चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेकोको थियो। नेपाल प्रहरीले पनि सर्कुलर जारी गरेर सुरक्षित रहन अनुरोध गरेको छ । 

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

epaper

ताजा समाचार

चिनियाँ राष्ट्रपतिकाे अध्यक्षतामा बैठक, नेपाललाई आपतकालीन सहायता दिने निर्णय