ललितपुर । नेपाली कांग्रेसले बाढी तथा विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयमा आज बसेको बैठकले उक्त रकम कोषमा उपलब्ध गराउने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता चालिसेले सरकारले राहत तथा उद्धारका कामलाई थप तीव्रता दिनुपर्ने बताए । विशेषगरी सुरुङमा फसेका नागरिकको उद्धारलाई प्राथमिकतामा राख्दै खोज तथा उद्धार कार्यलाई परिणाममुखी बनाउनुपर्नेमा उनले जोड दिए ।
उद्धारका लागि राज्यको विद्यमान क्षमता पर्याप्त नभए अन्तर्राष्ट्रियस्तरका विज्ञ तथा प्राविधिकको सहयोग लिनसमेत सरकारले पहल गर्नुपर्ने चालिसेको भनाइ छ ।
उनले बाढीपीडितलाई राहत वितरण प्रभावकारी बनाउन स्थानीय तहलाई थप जिम्मेवारी दिनुपर्ने बताए । प्रभावित नागरिकसम्म तत्काल राहत पुर्याउन सरकार गम्भीर हुनुपर्ने उनको आग्रह थियो ।
बाढीका कारण रसुवा र नुवाकोटमा स्थानीय नागरिकसँगै विभिन्न जिल्लाबाट पर्यटन तथा व्यावसायिक प्रयोजनले पुगेका मानिससमेत प्रभावित भएको उल्लेख गर्दै चालिसेले उनीहरूको खोजी, उद्धार र सुरक्षामा समेत विशेष ध्यान दिन सरकारलाई आग्रह गरे ।
सम्बन्धित समाचार
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख
प्रधानमन्त्री र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीचको वार्ता औपचारिकरुपमा सुरु
प्रधानमन्त्री कार्यालयको अनुरोध : खरिद प्रक्रियामा नेपाली उत्पादनलाई नै प्राथमिकता दिनूस्
गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै
धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका
विद्युतीय खरिद प्रणालीमा सुरक्षा जोखिम, अर्को सूचना नभएसम्म प्रयोग नगर्न आग्रह






