काठमाडौं । रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति स्थगित गरिएको छ।
मुलुकमा उत्पन्न प्रतिकूल परिस्थिति तथा देश पीडा र दुःखमा रहेका बेला मनोरञ्जनात्मक चलचित्र प्रदर्शन गर्न उपयुक्त नदेखिएपछि निर्माण पक्षले भदौ २६ गतेका लागि तय गरिएको प्रदर्शन मिति स्थगित गरेको हो।
चलचित्र निर्माण संस्था दिया एण्ड अमु फिल्मस्का तर्फबाट दिल श्रेष्ठले एक जानकारी जारी गर्दै देशको वर्तमान अवस्थालाई ध्यानमा राखेर प्रदर्शन मिति सार्ने निर्णय गरिएको बताएका छन्।
निर्माण पक्षका अनुसार अब चलचित्र तिहारको अवसरमा कार्तिक २० गते शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउनेछ। नयाँ प्रदर्शन मिति’bout एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी, रिच इन्टरटेनमेन्ट लगायत चलचित्रसँग सम्बन्धित सबै पक्षलाई जानकारी गराइएको छ।
श्रेष्ठले मुलुक रोइरहेको समयमा चलचित्रजस्तो मनोरञ्जनात्मक सामग्री दर्शकमाझ पस्कन आफ्नो मनले नमानेको बताएका छन्। ‘मुलुक रोइरहेको समयमा चलचित्र जस्तो मनोरञ्जनात्मक सामग्री पस्कन हाम्रो मनले मानेन,’ उनले भनेका छन्।
प्रदर्शन मिति परिवर्तनबाट दर्शक, वितरक तथा चलचित्रसँग सम्बन्धित अन्य पक्षमा पर्न गएको असुविधाप्रति निर्माण पक्षले क्षमायाचना गरेको छ। साथै आगामी दिनमा पनि दर्शकको साथ र माया निरन्तर पाइरहने विश्वास व्यक्त गरेको छ।
अब ‘माया भनेकै यस्तो होला’ कार्तिक २० गते शुक्रबारदेखि तिहारको अवसरमा सार्वजनिक प्रदर्शनमा आउने भएको छ।
सम्बन्धित समाचार
कुशले ल्याए डान्स नम्बर लाली
डा. रणजितकुमार झाको नयाँ गीत ‘न गाँस्थे म प्रित’ सार्वजनिक
कलाकार धुर्मुसको भावुक स्ट्याटस : दुई महिना नेपाल बसेर भारी मन लिएर अमेरिका फर्कनु पर्यो
‘कम्मरु भाँचम्ला’ तीजगीत सार्वजनिक
गायिका समीक्षा अधिकारीलाई ५ सय पटक फोन गरेर दुःख दिने को हो ?
चलचित्र बेहुलीको गीत ‘म भइन भने’ सार्वजनिक
रिता तामाङले जितिन `मिसेस ब्युटीफूल नेपाल´को उपाधी
शाहरुखसँग नागार्जुन भिड्दै






