रौतहट । वीरगञ्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना सार्वजनिक भएको छ । शिशुलाई अस्पतालबाट लिएर फरार भएकी एक महिलाको प्रहरीले खोजी गरिरहेको छ ।
प्रारम्भिक विवरणअनुसार भदौ १४ गते अपराह्न करिब ४ बजेतिर ती महिलाले आफन्तसँग शिशु खेलाउने बहाना बनाई नवजात शिशुलाई लिएर अस्पतालबाट बाहिरिएको बताइएको छ ।
प्रहरीका अनुसार शिशु लिएर फरार भएकी महिला करिब ३० देखि ३५ वर्ष उमेरकी र तराई मूलकी देखिने भएकी छन् । उनी रातो कुर्ता–सुरुवाल लगाएकी थिइन् ।
घटना लगत्तै प्रहरीले शिशु र शङ्कास्पद महिलाको खोजतलास तीव्र पारेको छ । अस्पताल परिसर तथा आसपासका सम्भावित स्थानमा समेत प्रहरीले खोजी तथा अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीले ती महिलालाई देख्ने, उनको पहिचान वा अवस्थिति सम्बन्धमा कुनै जानकारी प्राप्त गर्ने जोकोहीलाई तत्काल नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय, पर्सामा जानकारी गराउन आग्रह गरेको छ ।
नवजात शिशुको खोजतलासमा सहयोग गरिदिन प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ । साथै, घटनासँग सम्बन्धित थप विवरण संकलन गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शङ्कास्पद महिला’bout कुनै सूचना प्राप्त भएमा ढिलाइ नगरी प्रहरीलाई जानकारी गराउन तथा सम्भावित स्थान, पहिचान वा गतिविधि’bout उपलब्ध सूचना प्रहरीसमक्ष पुर्याउन आग्रह गरिएको छ ।
सम्बन्धित समाचार
वीरगञ्ज चिनी मिल सञ्चालनकाे तयारी
पोखरा विश्वविद्यालयले ल्यायो पहिलोपटक पीएचडी तहको अध्ययन कार्यक्रम
कार्यवाहक नगरप्रमुखलाई सडक अतिक्रमण हटाउन भ्याइ नभ्याई
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
पूर्व कृषि मन्त्री साहले गरिन् विद्यालय भवनको शिलान्यास
मध्यपूर्वमा जारी युद्धका कारण अमेरिकी ऋण नयाँ कीर्तिमानमा, नाघ्यो ४०० खर्ब डलर
कार्कीसहित सबै पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचारमा अनुसन्धान
संविधान र सर्बोच्चको आदेशविपरित फोहोरमा बलजफ्ती






