हेटौंडा । हेटौंडा–काठमाडौं सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ ।
स्थानीय प्रशासनले १४ सिटभन्दा कम क्षमताका सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जाने व्यवस्था मिलाएको छ । काठमाडौंबाट हेटौंडा आउने सवारी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै आउनुपर्ने छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार, मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीको चाप बढेको छ । नयाँ व्यवस्थाले वैकल्पिक सडकमा हुने सवारी जाम तथा लामो समय सवारी रोक्नुपर्ने अवस्थाको अन्त्य हुने जनाइएको छ ।
सम्बन्धित समाचार
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल
प्रधानमन्त्री शाह काठमाडौं प्रस्थान
बाढीपहिरोमा बेपत्ता मानिसको खोज तथा उद्धारमा जुट्न चीनका राष्ट्रपति सी जिनपिङको निर्देशन
उद्धारमा जाने निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न पत्राचार
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै






