गुल्मी । धुर्कोट गाउँपालिकाको स्वास्थ्य सेवा जिल्लामै उत्कृष्ट देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले सोमबार र मंगरबार दुई दिनसम्म तम्घासमा गरेको स्वास्थ्य समिक्षामा धुर्कोटको स्वास्थ्य सेवा अब्बल देखिएको हो । कार्यक्रममा आर्थिक बर्ष २०८२÷८३ मा जिल्लाका १२ वटै पालिकाको स्वास्थ्य शाखाको काम एवं पालिकाको समग्र स्वास्थ्य अवस्थाको समिक्षा गरिएको थियो ।
विभिन्न २८ वटा सूचक र एक सय अकंमा गरिएको समिक्षामा ८०.२५ अकं ल्याउदैँ धुर्कोट गाउँपालिका प्रथम भएको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कमल गौतमले जानकारी दिए । जिल्लामा ८०.०७ अकं ल्याउदैँ इस्मा गाउँपालिका दोस्रो एवं ७९.०४ अकं ल्याउदैँ रुरुक्षेत्र गाउँपालिका तेस्रो भएका छन् ।
प्रथम, द्धितिय र तृतिय हुने पालिकाका स्वास्थ्य संयोजकहरुलाई जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्री, प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरे, कार्यालय प्रमुख पुष्पा थापा लगायतले सम्मान पत्र प्रदान गरेका थिए । पालिकाले बर्षभरी कामहरुको ’boutमा लुम्बिनी प्रदेशले बनाएको सूचकका आधारमा पालिकाको काम मापन गरी अकं प्रदान गरिएको थियो ।
जसमा खोप सेवा, सुरक्षित मातृत्व, बालरोग, टिभी, बर्षभरीको वित्तीय प्रगती, परिवार नियोजन, पोषण लगायतका सूचक रहेका छन् । जिल्लाभरमै प्रथम भएको धुर्कोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम खनालले प्रत्येक स्वास्थ्य संस्थामा मासिक बैठक बस्ने, घुम्ती बैठक गर्ने, बैठकमा तथ्याकं फोकल प्रसन, स्वास्थ्य संस्था प्रमुख, पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखको अनिवार्य उपस्थिति हुने, सबै तथ्याकं अनलाइन प्रणालीबाट गर्ने जस्ता कारणले प्रथम भएको बताए ।
गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले सबै स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्य शाखा लगायतक सम्बन्धित सबै पक्षको सहयोगको कारण यो नतिजा हाँसिल गरेको बताए । उनले गत आर्थिक बर्षमा सबै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको र केही समयभित्रै पालिकालाई समेत बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने कार्यक्रम रहेको हुँदा केही स्वास्थ्यका सूचक समेटिएको बताए ।
उनले हाल सबै स्वास्थ्य संस्थामा ल्याब सेवा, स्वस्थ्य जनशक्ति थप गर्ने, तथ्याकंमा आधारित रहेर काम गर्ने लगायतका काम गरेको बताउदैँ आगामी दिनमा पनि प्राप्त नजिताको निरन्तरताको लागि पालिकाले काम गर्ने बताए ।
सम्बन्धित समाचार
सामाजिक परीक्षणमा एफडब्लुएलडीको प्रशंसा
एचआइभीका नयाँ रोगी पहिचान
निर्मल पुर्जाको आज अन्त्यष्टि गरिँदै, गोप्य राखिएको थियो पार्थिव शरिर
गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्ष र वडाध्यक्ष सम्पर्कविहीन
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा
चार दिनपछि धादिङबेँसीसँगको सडक सम्पर्क पुनः स्थापित
बाढीमा मृत्यु पुष्टि हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ अझै सम्पर्कविहीन
भोटेकोशी बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३






