ललितपुर । ललितपुर महानगरकी १०६ वर्षीया ज्येष्ठ नागरिक मनमाया महर्जनको शुक्रबार बिहान निधन भएको छ ।
मनमायाका नाति विक्रम महर्जनका अनुसार उनी केही दिनदेखि बिरामी थिइन् । मनमायाका एक छोरा र दुई छोरी छन् ।
मनमायाको पार्थिव शरीरलाई ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले पुष्पगुच्छा अपर्ण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
नगरप्रमुख महर्जनले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै धैर्य गर्न अनुरोध गरेका छन् ।
मनमाया महर्जनको विशेष सम्मानमा महानगरपालिकाले अघिल्लो वर्ष कार्यक्रम आयोजना गरेको थियो ।
नगरप्रमुख महर्जनले ज्येष्ठ नागरिकको अनुभव र ज्ञान नयाँ पुस्ताको महत्वपूर्ण सामग्री हुने बताउँदै त्यसको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताए ।
तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)
सम्बन्धित समाचार
मन्त्री बादीद्वारा भृकुटीमण्डपको छड्के अनुगमन : नयाँ स्वरूपमा विकासका लागि अध्ययन अघि बढाइने
बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
स्याङ्जामा जिप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, चालकसहित १० जना घाइते
नेपाल प्रहरी विशेष सुरक्षा गणमा दुर्गा मन्दिरको उद्घाटन
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर, ६४ शव भेटिए
सरकारको नेतृत्वमा भइरहेको प्रतिकार्यमा सहयोग जारी छ : राष्ट्रसंघीय महासचिव
शव पहिचान केन्द्र भरतपुर बाहिर आफन्त (तस्बीरहरु)
५३८ जनाको मृत्यु, ९७७ बेपत्ता, उद्धारमा १५ हजार सुरक्षाकर्मी परिचालन






