काठमाडौं । काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र स्त्रीरोगको निस्शुल्क परीक्षण गराउने भएको छ ।
कामपा-२७ ले आउँदो असोज १७ गते शनिबार महिलामा हुने ती विषयको रोगको निस्शुल्क स्वास्थ्य जाँच गराउन लागेको हो । उक्त वडाले निस्शुल्क स्वास्थ्य शिविरका लागि निजामती कर्मचारी अस्पतालसँग सम्झौतासमेत गरिसकेको छ ।
उक्त वडाले ‘वडाको अग्रसरतामा क्यान्सरमुक्त टोल, क्यान्सरमुक्त समुदाय तथा क्यान्सरमुक्त वडा’ भन्ने कार्यक्रम अघि सारेको छ । उक्त कार्यक्रमलाई महानगरपालिकाले क्रमशस् सबै वडामा विस्तार गर्ने सोच अघि बढाएको जानकारी दिँदै सम्झौतापछि कार्यवाहक प्रमुख सुनिता डंगोलले भनिन्, “पछिल्लो समय महिलामा स्वास्थ्य समस्याका रूपमा रहेको क्यान्सरको लक्षण नदेखिँदै रोगको सम्भावना पहिचान गर्न खोजिरहेका छौँ ।”
विभिन्न अभियान र कार्यक्रममार्फत नगरवासीलाई रोग लाग्नु अगाडि नै सतर्कता अपनाउन आग्रह गरिएको जनाउँदै उनले खासगरी सहरभित्रका वडाका स्थानीयमा रोग लाग्नु पूर्व जाँच गर्न जाने परम्परा नदेखिएकाले उनीहरूलाई टोलमै पुगेर सेवा दिने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको बताइन्।
वडाध्यक्ष योगेश खड्गीले घर दैलोमै सञ्चालन हुने शिविरबाट धेरै महिलाले लाभान्वित हुने विश्वास व्यक्त गरिन् ।
अस्पतालका कार्यकारी निर्देशक डा. जितेन्द्र परियारले शिविरमा परीक्षणका क्रममा केहीलाई जटिल खालको समस्या देखिएमा अस्पतालले उपचारमा सहजीकरणको लागि सहयोग पुर्याउने बताए ।
उनले भने, “प्रारम्भिक जाँचका क्रममा कुनै जटिल समस्या देखिएमा चिकित्सको सल्लाहबमोजिम थप परीक्षण आवश्यक परेमा वडाको सिफारिसमा निजामती अस्पतालमा क्यान्सर हुनु पूर्वको परिवर्तन थाहा पाउन अल्ट्रासाउण्ड र मेमोग्रामलगायतको परीक्षण गराउन सकिने छ ।”
यसअघि पनि कामपाले क्यान्सर रोग परीक्षणका लागि एक महिने अवधिको शिविर सञ्चालन गरेको थियो ।
सम्बन्धित समाचार
अध्यारोबाट उज्यालो देखेपछि …
बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा
बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना
सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन्
उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह
संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन
एनभिडियाका सीईओले नेपाललाई दिए डेढ अर्ब रूपैयाँभन्दा बढी
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल





