काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनका लागि वडा अधिवेशन कार्यातालिका फेरि परिवर्तन गरेको छ। मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले प्रेस विज्ञप्ति जारी गरी वडा अधिवेशन कार्यतालिका परिवर्तन गरिएको जनाएका छन्। भोटेकोसी बाढीका कारण वडा अधिवेशन कार्यतालिका परिमार्जन गर्नु परेको विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले आउँदो असोज ३ र ४ गते वडा अधिवेशन गर्न निर्देशन दिएको छ। विज्ञप्तिमा ‘ गाउँ-नगर वडा अधिवेशन २०८३ असोज ३ गते शनिबार र ४ गते आइतबार (स्थानीय अनुकूलता अनुसार तय गरी सम्पन्न गर्ने)’ भनिएको छ।
कांग्रेसले देशभरका ६ हजार ७४३ वटै वडामा अधिवेशन, वडा कार्यसमितिको निर्वाचन र क्षेत्रीय प्रतिनिधि चयन यही अवधिभित्र गर्न भनेको छ। यसअघि कांग्रेसले भदौ २४ गतेबाट वडा अधिवशेन सुरु गर्ने तय गरिएको थियो। त्यसलाई परिवर्तन गरेर असोजमा सारिएको हो।
यस्तै, गाउँ(नगरपालिका अधिवेशन असोज ७ गते र प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते तोकिएको छ। केन्द्रीय महाधिवेशनभने असोज १६ देखि १९ गतेसम्म हुने जनाएको छ।
सम्बन्धित समाचार
सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु
चिनियाँ प्रधानमन्त्री ली छियाङ तिब्बतको सीमावर्ती क्षेत्र केरुङ आइपुगे
सांसद आशिका तामाङ र वडाध्यक्षबीच किन भयो भनाभन ?
प्रधानमन्त्री भेट्न रवि लामिछाने सिंहदरबारमा
सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना
बाढीपहिरोमा बेपत्ता मानिसको खोज तथा उद्धारमा जुट्न चीनका राष्ट्रपति सी जिनपिङको निर्देशन
तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै
प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब






