काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्तसम्बन्धी विषय अध्ययन गर्न सात सदस्यीय उपसमिति गठन गरेको छ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले सांसद सुशील खड्काको संयोजकत्वमा उपसमिति गठन गरेको हो। उपसमितिका सदस्यमा नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा। पुष्पराज कँडेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक रहेका छन्।
अर्थ समितिका सभापति डा। कृष्णहरि बुढाथोकीका अनुसार उपसमितिले रसुवा बाढीबाट अर्थतन्त्रमा परेको प्रभावको अध्ययन तथा विश्लेषण गर्नेछ। साथै, बाढी र जलवायु परिवर्तनसँग सम्बन्धित विषय तथा जलवायु वित्तको अवस्था’bout समेत अध्ययन गरिनेछ।
उपसमितिलाई असोज २ गतेभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको सभापति बुढाथोकीले जानकारी दिए। बाढीबाट प्रभावित क्षेत्रको आर्थिक तथा भौतिक क्षति, पुनर्निर्माणको आवश्यकता र जलवायुजन्य विपद् व्यवस्थापनका लागि आवश्यक वित्तीय स्रोत’bout अध्ययन गरी सरकारलाई आवश्यक सुझाव दिन उपसमितिले काम गर्नेछ।
सम्बन्धित समाचार
नागढुंगादेखि भरतपुरसम्मको सडक बन्द
बाढी प्रभावितको उद्धार र राहतमा तिव्रता दिने सरकारको निर्णय
पूर्ववडामहारानी रत्नराज्य लक्ष्मी डिस्चार्ज
बाढीको कारण हिउँ–चट्टानको हिमपहिरो, ल्यान्डस्लाइड ड्याम सम्बन्धमा अनुसन्धान जारी
उद्धारमा जाने निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न पत्राचार
भोटेकोशी बाढीमा परेकाको उद्धारकार्य जारी
दोस्रो उडानमार्फत भारतले पठायो साढे ३७ टन राहत सामग्री
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध






