काठमाडौं । नुवाकोटको देवीघाटमा एक्रो ब्रिज जडान गरिएको छ । नेपाली सेनाले पाँच दिन लगाएर सो स्थानमा पुल जडान गरेको हो । सेनाको टोली निरन्तर खटिएर बुधबार राति पुल जडान सम्पन्न गरिएको हो ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएको थियो ।
नयाँ पुल जडान भएसँगै आज बिहीबारदेखि पैदलयात्रीहरूका लागि आवतजावत खुला गरिने भएको छ भने भोलि शुक्रबारदेखि सवारी साधनहरू समेत सञ्चालनमा आउने छन् ।
यसअघि भोटेकोशीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो ।
सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई राहत मिलेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)
सम्बन्धित समाचार
बाढी प्रभावित क्षेत्रमा बत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय
४५ दिनपछि खुल्यो मेची राजमार्गको राजदुवाली
ठेक्का जोगाउने खेलमा फास्ट ट्र्याक, तीन जिल्ला बन्धक
उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा
फिरन्ते बस्तीमा मदिराको डढेलो !
सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक






